मकवानपुर
१८ चैत । उत्तरी मकवानपुरस्थित बागमती गाउँपालिका ८ कायर बस्ने ५५ वर्षीय देबराम रुम्बाको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान आफ्नै घर अगाडिको मकै बारीमा भुईमा लत्रिएको बिजुलीको तारमा छुदा उनलाइै करेन्ट लागेको थियो । करेन्ट लागेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया