१९ चैत्र । गायिका समिक्षा अधिकारीले आफूलाई सामाजिक सञ्जालमा ‘दश लाखे’ भन्दै प्रतिकृया दिएको भन्दै आपत्ती जनाएकी छिन् । उनले आफूले अदालतले फैसला गरे पनि फैसला अनुरुप ‘दश लाख’ नदिएको स्प्रष्टिकरण दिइन् । उनले धेरै सञ्चारमाध्यमहरुमा यो कुरा बताए पनि निरन्तर प्रतिकृया आउने गरेको भन्दै गायिका अधिकारीले असन्ष्टि व्यक्त गरिन् ।
एक युट्युवरसँग कुरा गर्दै गायिका अधिकारीले आफूले दिनकै एक लाखसम्म पैसा कमाउने गरेको खुलासा गर्दै नकारात्मक प्रतिकृयाले अव छुन छोडेको बताइन् । भनिन्, ‘जति धेरै नकारात्मक कमेन्ट आउछ । उति नै हिम्मत बढेर आएको छ ।’
उनले आफूलाई महिलाहरुले समर्थन नगरेको तर पुरुषहरुले आफ्नो पक्षमा खुलेको उनी बताउछिन् । आफूलाई समयले सहनशील हुन सिकाएको उनले बताएकी छिन् ।
आफूले हिम्मत नहारेको र आफू सहनशीलताको प्रतिक भएको उनले अन्र्तवार्तामा बताएकी छिन् ।
नेपालमा जो पनि पत्रकार बनेको र न्यायाधिश बनेकोमा उनको असन्तुटि व्यक्त गरिन् । राज्यले यस्तो कुरामा नियन्त्रण गर्नु पर्ने उनको धारणा छ । पत्रकारले लेख्दा ध्यान दिनु आवश्यक रहेको र कतिपय कुरा लेख्दा अरुको जीवनमा ठूलो असर पर्ने उनको धारणा छ ।
आफूलाई स्टेजमै गीत गाउदा ढुंगा प्रहार गरेर मार्न चाहेको उनले बताइन् ।
हेर्नुस् भिडियो :
प्रतिक्रिया