१९ चैत । प्युठानमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक सात वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् ।
२०७३ साल चैत ११ गते प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमाले भन्ने स्थानमा भएको बा८च १५६१ नं. को स्कार्पियो जिप दुर्घटनापछि भागेका चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुरको महांकाल गाउँपालिका–३ घर भएका २७ वर्षीय सरोज घले रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ग्वार्कोबाट पक्राउ गरेको हो ।
दुर्घटनामा दिनेशध्वज बस्नेतसमेत ६ जनाको मृत्यु भएको थियो । घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, प्युठान पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया