१९ चैत । रामेछापका गणेश पाठक हत्या घटनामा संलग्न भएको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका–३ का एक वडासदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोरम्बा–३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर छन् ।
वडासदस्य थापा मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रबाट आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका वडासदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरले जनाएकाे छ ।
गत २० असारमा दोरम्बा सल्लेनी भिरमा ४१ वर्षीय गणेश पाठकको शव भेटिएको थियो । खेतमा पानी लगाउन जान भनि १६ असारमा निस्केका पाठकको चार दिनपछि शव फेला परेको थियो ।
शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।
प्रतिक्रिया