४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘दान्भी’ मा बाइकर लुक्समा अभिनेत्री पुजा(तस्बिरहरु)



१९ चैत । जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को गीत र एक्सनको दृश्य काठमाडौंमा छायाङ्कन भइरहेको छ। छायाङ्कन सेटबाट नायिका पुजा शर्माका केही तस्बिरहरू सार्वजनिक गरिएको छ। तस्बिरमा उनी बाइकर लुक्समा रहेकी छन्।
यो चलचित्रमा पुजाको एक्सन अवतार रहेको बताइएको छ। छायाङ्कनको पछिल्लो तालिकामा पुजाको इन्ट्री सिनको छायाङ्कन भइरहेको बताइएको छ। इन्ट्री सिनमा गीत र एक्सनलाई मिश्रण गरिएको छ। रुपेश तामाङले निर्देशन गरेको यस चलचित्रमा पुजाको साथमा कुन्साङ बोमजोम र किरण श्रेष्ठको मुख्य भूमिका छ।

तस्बिरहरु

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।