२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाजात्रा’ हेरेपछि बाबुराम भट्टराईले भने, ‘नेताले आत्मालोचना गर्न सक्नुपर्छ’



२१ चैत । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चलचित्र ‘महाजात्रा’ हेरेका छन्। मङ्गलवार बेलुकी ठमेलस्थित छायाँ सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरेपछि उनले महाजात्रालाई मनोरञ्जनात्मकसहित सन्देशमुलक बनेको बताए।

‘यो फिल्म मनोरञ्जकसँगै सन्देशमूलक बनेको छ। देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ। तर, भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ। नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ। राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन्। म फिल्म हेरिरहदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन। फिल्म हेरेर आनन्द आयो।’

उनले फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए। ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ। म यसलाई १० मा ८ नम्बर दिन्छु। ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’, उनले भने।

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममा मार्फत दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।