४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डम्बरे’को छायाँकन सुरु, चलचित्र तयार भएपछि प्रर्दशन मिती घोषणा हुने



 

काठमाडौँ
२२ चैत्र । निर्देशक उदय सुब्बाले चलचित्र ‘डम्बरे’को छायाङ्कन सुरु गरेका छन ।
शनिबारदेखि झापाबाट चलचित्रको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन हल्लाखल्ला नगरि गुपचुप रूपमा सुरु गरेका हुन् ।
निर्माण पुरा भएपछि मात्र चलचित्रको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए ।
चलचित्रमा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ ।
एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको चलचित्र झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।
चलचित्रको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । चिलचित्रमा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । फरक ढंगबाट परदेशीएका युवाको कथालाई डम्बरेमा देखाइने उनले बताए ।
इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।