११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बद्री बहादुर’ देशभर प्रर्दशन, क्युएफएक्स र विग मुभिजमा छैन शो



 

२३ चैत्र । नेपाली कथानक चलचित्र ‘बद्री बहादुर’ आजदेखी देशभर प्रदर्शन सुरु भएको छ ।
चलचित्रले देशभरका ८३ हलमा शो पाएको निर्देशक शोभित बस्नेतले जानकारी दिए । उनका अनुसार क्युएफएक्स र विग मुभिजले चलचित्र बद्री बहादुरलाई हल दिएका छैनन् ।
चलचित्रको अग्रिम टिकट बुकिङ सुरु भएको जानकारी दिदै बस्नेतले सामान्य टिकट बुकिङ भइरहेको बताए । उनले भने, ‘चलचित्रबाट धेरै ठूलो अपेक्षा छैन । राम्रो हुनेमा ढुक्क छु ।’
चलचित्रमा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ ।
चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतको समेत भूमिका छ ।
चलचित्रमा विनोद सापकोटाको छायाङ्कन तथा समीर मियाको सम्पादन छ ।
चलचित्रको छायाङ्कन पूर्वी नेपालको सङ्खुवासभा, धरान, काठमाडौँ, र लमजुङमा गरिएको छ ।
’बद्री बहादुर’ भारतीय रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’ले समेत प्रचार गरेका थिए ।
चलचित्र ‘बद्री बहादुर’ निर्माण पक्षले हास्यप्रधान रहेको ‘धेरै हाँस्न सक्नेले चलचित्र हेर्नु होला हाँस्नु सक्नु हुन्न भने नहेर्नु होला ।’ भन्दै प्रचार गरेको छ
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । प्रस्तुत कर्ता विजय गोपाल दली छन् भने निर्माता मिथुन भोटे हुन् ।

चलचित्रबाट एलिना गुरुङले नेपाली चलचित्रमा ‘डेव्यु’ गरेकी छिन् । सङ्गीत टङ्क बुढाथोकी र उजन नेम्वाङको, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन रहको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ३ : ३२ बजे