११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पुजार सार्की’को पोस्टरमा दमाहा बजाउदै अभिनेता प्रदिप खड्का



२३ चैत्र । चलचित्र ‘पुजार सार्की’मा अभिनेता प्रदिप खड्का दमाहा बजाउदै गरेको पोस्टर सार्वजनिक भएको छ ।
नेपाली चलचित्रका अर्का चर्चित अभिनेता पल शाहसँगै आर्यन सिग्देल समेत यस चलचित्रको पोस्टरमा अटाएका छन् । चलचित्रको दोश्रो पोस्टरमा पल शाहसँगै सिग्देल र खड्का चौतारीमा गफीरहेको पोस्टर समेत सार्वजनिक भएको छ । निर्माण पक्षले चलचित्र जेठ १० गते बुद्ध जयन्तीदेखि संसारभर प्रर्दशन गर्ने मिती समेत तय गरेको छ ।
जातीय विभेदको कथामा बनेको यस चलचित्रका पात्रहरुको पोस्टरमार्फत चरित्र समेत खुलेको छ । रातो टिका र मैलो कपडामा रहेका प्रदिप खड्का दलीतको भूमिका निभाएको संकेत मिलेको छ । चौतारीमा गफ दिने पल शाह उपरखुट्टी लगाएको पोस्टरले उच्च जातको प्रतिनिधित्व गरेको पोस्टरमार्फत खुलाइएको छ ।

चलचित्रका निर्देशन दिनेश राउतले रहेका छन् । चलचित्रको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् ।

तीन अभिनेतासँगै चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले प्रमुख भूमिकामा छन् । चलचित्रमा कलाकारहरु मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ।

च्लचित्रको कथा विकास सुवेदीले लेखेका छन् । चलचित्र सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन्। राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दै छ भने डिजिटल मार्केटिङ ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३७ बजे