८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर भइरहेका गुण्डागर्दी रोक्ने गृहमन्त्री रवि लामिछानेको योजना



काठमाडौँ
२३ चैत । ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको छ ।
गृहमन्त्री लामिछानेले राजधानीमा आयोजित एक कार्यक्रममा उनले गुण्डागर्दी रोक्न मन्त्रालयले काम गरिरहेको बताए । उनले प्रहरी प्रशासनलाई व्यवसायी कहाँ गएर खाना नखान निर्देशन दिए ।
ठमेल र दरवारमार्ग २४ सै घण्टा खुल्ने

 

ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने

सरकारले राजधानी काठमाडौंमा रात्रीकालीन पर्यटन प्रबद्र्धनका लागि २४ सैं घण्टा ठमेल तथा दरबारमार्ग खोल्ने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन् ।
गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना गरेको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए । गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गरे । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गरे । उनले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पारे ।
ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले बताए । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३८ बजे