६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दोहोरी साँझ र नाइट क्लबमा ग्राहक रक्सी पिएर अचेत भए घर नै पुर्‍याइदिनुपर्ने



२३ चैत । दोहोरी साँझ, नाइट क्लबलगायत रात्रिकालीन मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीको लागि नयाँ नियम आएको छ ।
ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुल्ला गर्ने सन्दर्भमा रक्सी पिएर अचेत भएका ग्राहकलाई व्यवसायीले नै घर पुर्‍याइदिनुपर्नेलगायतका नयाँ नियम आएको हो ।
गृहमन्त्रालयमा शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको छलफलमा यसबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनकारी गराए ।
जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ ।

श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी साँझ, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिमा अत्यधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने संहितामा छ । डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा अस्लीलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ०६ बजे