१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको फोहर बञ्चरेडाँडामा फाल्न अवरोध, १३ जना पक्राउ



काठमाडौँ
२४ चैत । काठमाडौं उपत्यकाबाट संकलन गरेर लगेको फोहोर नुवाकोटको बञ्चरेडाँडा फाल्न स्थानीयले अवरोध गरेका छन् ।

फोहोर फाल्न अवरोध गर्ने क्रममा आज विहान १३ जना पक्राउ परेका हुन् ।

बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

उपरीक्षक अधिकारीले भने, “आज बिहान फोहर बोकेर गएका टिपरलाई रोकपछि बञ्चरेडाँडाबाट उनीहरुलाई नियन्त्रणमा लिएको र अहिले सबैलाई छाडिएको छ ।” काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी दिनभरि प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको थियो ।

समितिले गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ११ बुँदे माग पेस गरेको थियो । ती माग सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर बिसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारेको थियो ।

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : ०६ बजे