१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुरथिमिलाई विश्वमाझ चिनाएको भन्दै फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठलाई ‘थेम्मृङ पत्रकारिता पुरस्कार’



भक्तपुर
२४ चैत । फोटोपत्रकार रत्नकृष्ण श्रेष्ठलाई मध्यपुर सञ्चार समाजले मध्यपुरथिमिको कला, संस्कृतिलाई पत्रकारिताको माध्यमबाट विश्वमाझ चिनाउन भूमिका खेलेको भन्दै श्रेष्ठलाई ‘थेम्मृङ पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको छ ।

समाजको पाँचौँ अधिवेशन एवं १२औँ साधारणसभामा मध्यपुरथिमिका सांस्कृतिक धरोहर कला, संस्कृति नृत्य एवं वाद्य गुरु ९६ वर्षीय श्रीगोपाल प्रजापतिले पत्रकार श्रेष्ठलाई दोसल्ला ओढाएर रु पाँच हजार तथा सम्मानपत्र प्रदान गरे ।

यसैगरी कार्यक्रममा मध्यपुरथिमिको मूर्त, अमूर्त कला, संस्कृतिको संरक्षण एवं सम्पदाको संरक्षण, संवद्र्धन र पुनः निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै वाद्य गुरु प्रजापतिले मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि दोसल्ला ओढाएर सम्मान गरे । निवर्तमान नगर प्रमुख श्रेष्ठले आफू नगर प्रमुख हुँदा मध्यपुरथिमिको कला, संंस्कृति र सम्पदा संरक्षणका लागि सक्दो प्रयास गरेको बताए । आफ्नो कार्यकालमा घाँसेमैदानमा परिणत भएका पोखरी, लोपोन्मुख भएका सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार गरिएको उनको भनाइ थियो ।

पूर्व नगर प्रमुख श्रेष्ठले यहाँको कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोडेर लैजाने लक्ष्य रहेको उल्लेख गर्दै थिमिको विकास, सम्पदाको संरक्षण र पर्यटनको विकास गरी रोजगारी एवं आर्थिक समृद्धिको क्षेत्रमा अहिले पनि निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा पुरस्कृत पत्रकार श्रेष्ठले मध्यपुरथिमिको पहिचानलाई पूर्वनगर प्रमुख श्रेष्ठ र भक्तपुरका सञ्चारकर्मीले विश्वमाझ चिनाउन सफल भएको उल्लख गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, समाजका अध्यक्ष बाबुकाजी साँछेँ, नवनिर्वाचित अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलगायतले समाजलाई सकारातमक सन्देश प्रवाह गर्ने पत्रकारिता आजको आवश्यकता रहेको आँैल्याए ।

कार्यक्रममा पत्रकार श्रेष्ठले समाजको अक्षयकोषका लागि रु १० हजार समाजका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरे ।

 

 

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ४ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।