१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिणकालीबाट खैरो हेरोइनसहित युवक पक्राउ



२४ चैत्र । काठमाडौंको दक्षिणकालीबाट एक युवक खरो हिरोइनसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्रामसहित पर्सा वीरगंज उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौं बाफल बस्ने १९ वर्षीय संजय श्रापलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४२०७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेका जानकारी दिएकोे हो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ५५ बजे