१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुर्गम गाउँ मायाटारमा पहिलोपटक बिजुली बलेपछि झलमल्ल



भरतपुर (चितवन)
२५ चैत । चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ ।
शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताएका छन् ।

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताए ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत उपकरण निःशुल्क वितरण गरे । प्राविधिकले तिनलाई जडान पनि गरेका छन् ।

इच्छाकामना गाउँपालिका–१ को दुई सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । वैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।