१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बलात्कारको अभियोगमा भक्तपुरबाट युवक पक्राउ



काठमाडौं
२५ चैत । बलात्कारको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । प्र्रहरीका अनुसार भक्तपुरमा १३ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका–१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक–पटक बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ३१ बजे