धुलिखेल
२५ चैत्र । चलचित्र पत्रकारहरुका लागि ५ दिने आवाशिय चलचित्र एप्रिसिएसन कार्यशाला आज सम्पन्न भएको छ ।
बागमती सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा तालिम काभ्रेको धुलिखेलमा भएको हो । बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमको शुभारम्भ गरेका थिए ।
गतबुधबारबाट सुरु भएको कार्यशालामा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरू सहभागी रहेको तालिम संयोजक शर्मिली कर्माचार्यले जानकारी दिइन् । सहभागीलाई पत्रकार, चलचित्र निर्माता प्रशिक्षकद्धय अनुप सुवेदी र अरुणदेव जोशीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका हुन् ।
तालिममा सहभागिहरूलाई चलचित्रको विकासक्रम, चलचित्रमा प्रयोग हुने प्राविधिक पक्षको बारेमा जानकारीसँगै चलचित्र विकासका कोशेढुंगा हुन सफल ऐतिहासिक चलचित्रहरूसमेत देखाइएको थियो ।
प्रतिक्रिया