१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सतुङ्गलको भिषण आगलागी अझैं नियन्त्रणमा आएन, नौ वटा दमकलले आगो निभाउदै



काठमाडौँ
२६ चैत । चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको भिषण आगो अनिन्त्रित बनेको छ । उपत्यका विभिन्न नगरपालिकाका ९ बटा दमकलले निरन्तर आगोनियन्त्रण गर्ने प्रयास गरिरहेको छ । चन्द्रगिरी नगरले नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्री प्रयोगमा ल्याइरहेको छ । दिउसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिए । उनका अनुसार उनी अहिले आगलागी क्षेत्रमै रहेका छन् भने आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् ।

उनले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३६ बजे