२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सतुङ्गलको भिषण आगलागी अझैं नियन्त्रणमा आएन, नौ वटा दमकलले आगो निभाउदै



काठमाडौँ
२६ चैत । चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको भिषण आगो अनिन्त्रित बनेको छ । उपत्यका विभिन्न नगरपालिकाका ९ बटा दमकलले निरन्तर आगोनियन्त्रण गर्ने प्रयास गरिरहेको छ । चन्द्रगिरी नगरले नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्री प्रयोगमा ल्याइरहेको छ । दिउसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिए । उनका अनुसार उनी अहिले आगलागी क्षेत्रमै रहेका छन् भने आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् ।

उनले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।