१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कुलेश्वरमा राती कोठामा पसेर सरसामान चोरी



२७ चैत्र । काठमाडौंको कुलेश्वरमा राती कोठामा चोर पसेर सरसामान लगेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कुलेश्वर डेरा गरी बस्ने अर्घखाँची सन्धिखर्क घर भएका ३३ वर्षीय केशव मरासिनीको कोठामा सोमबार राती चोरी भएको हो । उनको घरभित्र प्रवेश गरेर कोठाको ताला फोडेर प्रवेश गरी दराजमा रहेको करिब ४ लाख ६० हजार रूपैयाँ मूल्य बराबरको सुनका विभिन्न गहना चोरी भएको प्रहरीको भनाई छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ४ : ३१ बजे