८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसारकै धेरै प्रदुषित काठमाडौंको वायुको अवस्था आपतकालिन नजिकै



काठमाडौँ
२८ चैत्र । काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । यहाँको वायुको प्रदुषणको मापन हेर्दा काठमाडौं आपतकालीन अवस्थाको रजिकै रहेको पाइएको छ ।
वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।
एअर क्वालिटी इन्डेक्समा १५० सम्मको एयर क्वालिटीलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ । झण्डै ३०० पुगेको काठमाडौंको वायु जुनसुकै बेला आपतकालीन अवस्थामा पुग्ने मौसमविहरु ब्ताउछन् ।
अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।
भर्खरै झरि रोकिएको र जाडो सकिएर गर्मी सुरु भएकाले धुलो उड्ने र डढेलो लाग्ने मौसम सुरु हुने अवस्था छ ।
काठमाडौंपछि दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।
अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।
मौसम विभागले काठमाडौँमा अझै केहि दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पुर्णरुपमा हट्ने सम्भाना नरहेको बताएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : ५८ बजे