१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित



२८ चैत । प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा स्थगित भएको हो ।

बैठकमा विशेष समयपछि कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै बैठक अवरुद्ध गरेका थिए भने बुधबारको बैठकमा पनि कांग्रेसको अडान कायमै रहेको छ ।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समितिको माग गर्दै आइरहेको भने सरकार समिति बनाउने पक्षमा छैन ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।