१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कार दुर्घटनामा एक जना मृत्यु, ७ जना घाइते



२८ चैत्र । सन्धिखर्क अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन्।

अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका– ८ कोलडाँडामा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका– ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।

घाइते हुनेमा भूमिकास्थान– ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा– १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।