२८ चैत । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘डिग्री माइला’को अग्रिम टिकट बिक्री शुरु भएको छ । हलले फिल्मफाई उच्च शो दिएको छ। रामबाबु गुरुङ निर्देशित फिल्मले क्यूएफएक्स बाहेक देशभर ९७ शो पाएको छ । देशको ठुलो हल चेन क्यूएफएक्सले ५८ शो दिएको छ । यसमा अझ शो सङ्ख्या थपिने अनुमान छ ।
हालसम्म चलचित्रले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बिहीबारसम्म यो सङ्ख्या अझ बढ्ने देखिन्छ ।
वितरक गोविन्द शाहीले फिल्मले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेका छन् । फिल्ममा दयाहाङ राई तथा आँचल शर्माको मुख्य भूमिका छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता क्रिश लामा भएको फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । फिल्म शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।
प्रतिक्रिया