१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘द रेड सुटकेस’ : मौलक कथा र फरक दृश्यभाषा



ललितखबर
१ वैशाख । हरेक हप्ता चलचित्र भवनमा नयाँ नयाँ चलचित्र प्रर्दशन भइरहेका छन् । मनोरञ्जकै लागि बनाइने कतिपय चलचित्रले हसाउछन्,रुवाउछन् । कतिपय चलचित्रमा लडाई झगडा युद्ध हेरेर मनोरञ्जन लिन पाइन्छ । चलचित्रकै भीडमा नेपाली समाजमा यत्रतत्र देखिने रैथाने कथा रहेको चलचित्र ‘द रेड सुटकेस’ शुक्रबारबाट प्रदर्शन भइरहेको छ ।
द्धन्द्ध, हास्य वा प्रेमकथामा आधारित चलचित्र हेर्ने बानी परेका दर्शकले कलात्मक चलचित्र ‘द रेट सुटकेस’ मन नपर्न पनि सक्छ ।
विभिन्न महोत्सवमा देखाउनका लागि निर्माण गरिएको चलचित्र ‘द रेट सुटकेस’१ घण्टा २६ मिनेट मात्रै छ । चलचित्रले पूर्ण मनोरञ्जनको मसला भने दिदैन । नेपाली समाजमा देख्दै भोग्दै आएको सामान्य कथा तर गम्भिर विषय उठाएर निर्देशक फिडेल देवकोटाले चलचित्र निर्देशन गरेका छन् ।
सवल पक्ष
चलचित्रको कथा भन्ने शैली गज्जवको छ । दृश्यभाषा पनि लोभलाग्दो छ । नेपाली समाजको कथा र व्यथा ओकल्ने चलचित्र ‘द रेट सुटकेस’ले दर्शकको मन छुन सफल हुन्छ ।
हलमा ताली बजाउने, हाँस्ने र चिच्याउन मन लाग्ने दृश्य चलचित्र छैन । चलचित्रको पहिलो दृश्यले नै दर्शकको छाती ढक्क फुल्छ । आँखामा आँशु ल्याउछ । चलचित्र एकटक लगाएर हेर्न तल्लिन हुन मन लाग्छ ।
चलचित्रका दृश्यले नै धेरै कुरा भनिरहेको भान हुन्छ । घाँसको भारी बोकेका युवती, काठ चिर्दै गरेका महिलाले पुरुषविहीन बस्तीको कथा भइरहेको छ । जहाँ श्रम बेच्न विदेश गएका युवाहरुको बस्तीको कथा र व्यथा देखाइएको छ ।
चलचित्रले राजनीतिलाई तीखो प्रहार गरेको छ । चलचित्र ‘द रेट सुटकेस’ चलचित्र हेरेर फर्कने क्रममा अझैं हेर्न पाए हुन्थ्यो भन्ने महसुस हुन्छ ।चलचित्रका हरेक घटना पात्रसँग सम्बन्ध जोडिएको देख्न सकिन्छ । चालक सौगात मल्लले गाडी चलाउदा रेडियो बजाएको, दुर्घटनागस्त स्थानमा राखिएको ठाँउमा पुजा गरेको, बोकस छोडेर फर्कदा बाटोमा काँडा राखेको र गाडीमा धुप बालेको दृश्य अर्थपूर्ण छन् ।
चलचित्रमा भुतप्रेतका अनौंठा दृश्य देखाइएको छ । जुन चलचित्रको अन्त्यमा रहस्य र त्राससँगै बुझ्दा मज्जा आउँछ ।
वैदेशिक रोजगारीमा गएका युवाको सुटकस र शवको बाकस वरिपरि घुमेको चलचित्रको कथासार रोचक छ ।
चलचित्रको कथा धने अर्थात् प्रविण देवकोटाको वरिपरि घुमेका भए पनि दृश्यमा भने बोलेरो चालक सौगात मल्ल हाबी छन् । छोटो तर मिठो भूमिकामा विपिन कार्कीको अभिनय हेर्न पाइन्छ ।
चलचित्रको राम्रो पक्ष अडियोग्राफी हो । चलचित्रमा प्रयोग भएका सबै आवाज मौलिक र गुणस्तरिय छन् । चलचित्रको सिनेमेट्रोग्राफी पनि राम्रो छ । दृश्यहरु फिक्स सटमा लिइएको छ । जुम गरिएको छैन ।
काठमाडौंबाट बैयुलसम्म शव पु¥याउदाको कथा चलचित्रले भनेको छ । संगसंगै चलचित्रको पात्रले रातो सुटकेश गुडाएर गइरहेको रहस्यमय दृश्य चलचित्रमा रोचक ढंगबाट देखाइएको छ ।
चलचित्रमा अनकण्टार गाँउको महसुस गराउन साँझ र विहानको दृश्य खिचिएको छ । भिडियो एथ्रोपोजीमा पिएचडि गरेका निर्देशक फिडेल देवकोटाले गाँउघरको कालो भित्ता भूईमा ओछ्यान र रैथाने सरसामानलाई जस्ताको तस्तै देखाइएका छन् । सुन्धुली सडकको नागबली सडकसँगै गाँउपाखाले कथालाई यतार्थपरक ढंगले भन्न सहयोग गरिरहेको भान हुन्छ ।
जादुमय यतार्थवादी विद्यामा निर्माण भएको यस चलचित्रमा मौलक कथा र फरक दृश्यभाषा छ । यस्ता चलचित्रले नेपालमा बन्ने चलचित्रको विविधतालाई प्रश्रय दिन्छ ।

कमजोरी
चलचित्रको फुटेज गुणस्तर कमजोर छ । कलात्मक दृश्यका लागि धेरै दृश्यहरु अध्यारो समयमा खिचिएको कारण पनि दर्शकले असजिलो पनि महसुस गर्न सक्छन् ।
चलचित्रका निर्देशकले कतिपय दृश्य दर्शकलाई नबुझाएर रनभुल्लमा पारेका छन् । चलचित्रमा शव बहान नदेखाएर किन बोलेरो गाडी देखाए बुझ्न कठीन छ । नांगो सरिर भएका धनेले किन र के सामान सुटकेसमा राखिरहेका छन् निर्देशकले चलचित्रमा बुझाएका छैनन् । दुर्घटनागस्तस्थानमा ऐनामा पुजा किन गरेको अनि ऐनाको नम्बर र सौगातले चलाएको गाडी नम्बर एउटै हुनुको रहस्य चलचित्रमा खुल्दैन ।
चलचित्रको कलर ग्रडिङ पनि खास गुणस्तर छैन । चलचित्र सुस्त लाग्न सक्छ ।


विपिन कार्की
विपिन कार्कीले चलचित्रमा अनौठो चरित्र निभाएका छन् । उनले लगाएको भारतीय सेनाको पोशाक, आँखा नझिम्क्याई बोलिरहेको संवादले उनको अभिनयको निखार प्रष्ट हुन्छ ।
एउटा सामान्य पात्रलाई फरक ढंगबाट कलात्मक अभिनय देखाउन अभिनेता माहिर छन् भन्ने चलचित्रमा देखाइएको छ । सैनिक पृष्टभूमिका पात्र उनी कडा मिजासका साथ बोलिरहेका देखिन्छन् ।

सौगात मल्ल
अभिनेता सौगात एउटा सामान्य चालकको अभिनय गरे पनि उनको यतार्थवादी चरित्र पर्दामा देखाउन सफल छन् । उनले बोलेका संवाद र मुखको हाउभाउले चलचित्रको पात्रको फरक मनोदशा प्रष्ट ढंगले पोखेका छन् । सामान्य युवाका रहेको कष्टकर समयको करुणा र आक्रोस उनले यतार्थपरक ढंगले देखाएका छन् ।

प्रविण खड्का
चलचित्रमा प्रविण खतिवडाले धने पात्रको अभिनय गरेका छन् । विदेशबाट फर्केको एउटा युवको संर्घषशील मनोदशा चलचित्रमा देखाएका छन् । नेपाली युवाको बाध्यता, परिवारप्रतिको बोझ, मायाँ र मोह पनि उनले छलाछुल्ल बनाइदिएका छन् ।

श्रृष्टि श्रेष्ठ
चलचित्रकी अभिनेत्री श्रृष्टि श्रेष्ठसँगको संवादले दर्शकको उनको निर्दोष हेराई र अभिनय क्षमताले चलचित्रको गाँउले पात्रलाई न्याय गरेको छ ।
उनले चलचित्रमा फरक पात्रको अभिनय सजीव ढंगले निभाएकी छिन् । गाँउले भेषभुषामा उनी विछट्टै राम्री देखिएकी छिन् ।

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : १४ बजे