२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चटयाङ लागेर बाख्रा चराईरहेका दुई जना बालकको मृत्यु, तीन घाइते



पटना
२ बैशाख । भारतको मध्यप्रदेश श्यौल जिल्लामा चट्याङ लागेर २ बालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ बालबालिका घाईते भएका छन्।

बिजयपुर थाना प्रभारी सतीश दुबेका अनुसार घटना शनिवार साँझ भएको थियो। धामीनी गाउँ छेउमा बालबालिकाहरु बाख्रा चराईरहेका थिए, सोही क्रममा पानी पर्न सुरुहुँदा बालबालिकाहरु एउटा रुखमुनि बसिरहेका थिए।

बर्षाको बीचमा अचानक चट्याङ लागेर ८ बर्षका १ जना र १२ बर्षका १ गरी दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रभारी दुबेले जानकारी दिएका छन।

 

चट्याङ लागेर घाईते दुई बालिका सहित तिनजनाको बिजयपुर स्थित स्वास्थ केन्द्रमा उपचार भईरहेको भारतीय प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ३ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।