२ वैशाख । कबड्डी सिक्वेल बनाएर चर्चित बनेका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘डिग्री माइला’ पछिल्लो शुक्रबारदेखि देशभरका चलचित्र भवनहरुमा प्रर्दशन भइरहेको छ ।
सवल पक्ष
नयाँ वर्षको सुरुआतसँगै ठूलै हल्लाखल्लाका साथ प्रर्दशन सुरु भएको चलचित्र ‘डिग्री माइला’ नेपालीहरुको लागि गतिलो चलचित्र हो । यसलाई समिक्षकको आँखाबाट हेर्दा उत्कृष्ट भन्न चाही मिल्दैन ।
शैक्षिक वेरोजगारीको मुद्दालाई निर्देशक रामबाबुले सरल ढंगले उठाएका छन् । उनले पस्केको चलचित्रमा समाजमा रहेका बहुलठ्ठी र पढेलेखेको घमण्डी पात्र खडा गरेर चलचित्रको कथा भन्न सुरु गरेका छन् । पढेलेखेका युवाहरुका लागि सपना देख्ने शहर उपयोगी छैन भन्ने शिक्षा चलचित्रले दिएको छ ।
ओखलढुंगाको रुम्जाटारको सानो शहरमा छायाँकन गरिएको चलचित्र अमरज्योती क्याम्पसको शिक्षक आवश्यकताबाट उठान गरिएको छ । अंग्रजी साहित्यमा डिग्री गरेका डिल्लीराम भुजेल पात्र बनेका दयाहाङ राई वरिपरि घुमेको चलचित्र उनी सुकुला मुकिला भेषमा उत्रेका छन् ।
टोले गुण्डाको भूमिकामा कलाकार विजय बरालले चलचित्रलाई द्वन्द्वको भुमरीमा पर्न सहयोग गरेका छन् ।
निर्देशकले चलचित्रको दमदार पात्रहरु छनौट गरेका छन् । डिग्री हासिल गरेको बेरोजगार डिल्लीराम भुजेल र क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष प्रकाश घिमिरे रुद्रेबीचको द्वन्द्वले चलचित्र रोचक बनाइएको छ ।
कमजोरी
चलचित्रको राम्रा दृश्यहरु सबै ट्रेलरमा देखाइएको छ । हेर्दै झ्याउ लाग्ने दृश्यहरु मात्रै बाँकी चलचित्रमा राखिएको छ ।
चलचित्रको मध्यान्तर अघि चलचित्र हेरेर दर्शक रमाउछन् । मध्यान्तरपछि दर्शकले हाइ गर्न थाल्छन् । हेर्दा हेर्दै निदाउने खालको चलचित्र भने होइन चलचित्रले सही बाटो पक्डिएको पनि छैन । चलचित्र ढलमुल छ ।
चलचित्रको अन्त्यतिर पुग्दा निर्देशकले सिक्वेल बनाउने लोभ गरेर चलचित्र बिट मार्न खोजेको प्रष्ट देखिन्छ । पात्र र कथालाई अलपत्र पारेर दर्शक निराश बनाउने भूल रामबाबुले डिग्री माइलामा गरेका छन् ।
चलचित्रको अन्त्य दमदार बनाएर हलबाट दर्शक पठाउनुको सट्टा चलचित्रको सुरुआत दमदार छ अन्त्य भने निराशाजनक ।
चलचित्रमा बहुलठ्ठी पात्र डिल्लीरामलाई नायक र खलनायकको बीचमा उभ्याइएको छ । उसलाई न त सुर्धान सकिएको छ । न पात्रले चलचित्रलाई तार्किक निष्कर्णमा पु¥याउन कुनै चमत्कार नै गरेका छन् ।
गाँउमा अंग्रेजी शिक्षक नहुँदा क्याम्पस नै खारेजमा पर्न लागेको बेला सबै गाँउले चिन्तामा रहेको परिस्थितीमा ‘डिग्री माइला’को घमण्ड र क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रुद्रेबीच चलचित्र अघि बढ्छ । तर कथा र पटककथाले बाटो विराउदा आफै अलमल्लमा पर्छ ।
दयाहाङ राई
डिल्लीराम भुजेल डिग्री माइलाको उपनाम पाएका पात्र भूमिकामा अभिनेता दयाहाङले एउटा गज्जवको चरित्रलाई पर्दामा देखाउने मौका पाएका छन् । उनलाई सधै उस्तै दुरुस्तै गाँउले पात्रको अभिनयलाई मलजल गरेको गाल परेको सन्दर्भमा सुकुलो मुकिलो भेषमा चलचित्रमा केही नयाँ अभिनय कला देखाउन पाएका छन् ।
एउटा जब्जरजस्त घमण्डी केटोको धकफुर्तीले पुरै गाँउलेलाई घुमाउन सफल डिल्लीराम पात्रलाई निर्देशक गुरुङले दयाहाङबाट ठिककाठै अभिनय गराउन सफल छन् ।
आचँल शर्मा
चलचित्रमा कविता पात्रको भूमिका निभाएकी आँचल शर्माको अभिनयको राम्रो छ । शिक्षित युवतीे कविता मायालु छे जो गाउँमै बसेर सेवा गर्न चाहन्छे । सामान्य बाहुनीको चरित्रमा आँचल खरो उत्रेकी छिन् । निर्देशकले आँचलको अभिनय क्षमतालाई चलचित्रमा राम्ररी उतारेका छन् । सशक्त भूमिका दिएर आँचललाई पनि उनको सम्भावनालाई चिनाउने मौका समेत दिएका छन् ।
विजय बराल
कलाकार विजय बरालले हरेक समाजमा भेटिने टोले गुण्डाको विडो थामेका छन् । पैसा असुलीको धन्दालाई निर्देशकले चलचित्रको सौदाबाजीको रुपमा प्रयोग गरेका छन् ।
विजय बरालको यो भूमिका र चरित्र नयाँ भने होइन । उनको अभिनय र चरित्र निर्माणमा औसल भूमिका निभाएका छन् । निर्देशकले बरालको पात्रलाई प्रभावकारी बनाउन चाहेको भए बरालले धेरै राम्रो गर्न सक्थे भन्ने अनुमान लगाउन गाह्रो पर्देन ।
माउत्से गुरुङ
चलचित्रको चरित्र निर्माणको हिसावले कलाकार माओत्से गुरुङले ज्यादै प्रभावकारी भूमिका निभाएका छन् । सोझो र लुम्रेझुमे्र गाउले किसान भोजेको भूमिकामा रहेका गुरुङ ठ्याक्कै गाँउले परिभेषलाई पर्दामा उतार्न सहयोग गरेका छन् । गाँउले भेषभुसा, धेरै नबोल्ने, छोरालाई असाध्यै माया गर्ने र अप्ठ्यारो परेको बेला सहयोग गर्ने उनको चरित्रले चलचित्र राम्रो बनाउन सहयोग गरेको छ ।
बुद्धि तामाङ
कलाकार बुद्धि तामाङले यस चलचित्रमा बुद्धि पु¥याएर हैट भन्न छोडेका छन् । सधै हैट भन्दै संवाद बोल्ने तामाङले चलचित्रमा उ भन्दै रोचकता थपेका छन् । उनको सदाबहार अभिनयमा थोरै ट्वीस्ट आएको छ । मौलिक कला पस्कने उनको अभ्यास राम्रै छ । उ थेगोलाई धेरै प्रयोग गराएर अलि अप्ठ्यारो लाग्ने परिस्थिती बनेको छ ।
प्रकाश घिमिरे
क्याक्पस व्यवस्थापन समितीको अध्यक्ष रहेका रुद्रे चरित्रलाई कलाकार प्रकाश घिमिरेले न्याय गरेका छन् । पञ्चायती शैलीले गाँउको ठेकेदारी लिने चरित्रलाई उनले सशक्त ढंगले निभाएका छन् । चलचित्रलाई द्वन्द्वमा धकलेर रोचक बनाउने रुद्रे पात्र सक्षम छ ।
चलिचत्रका अरु पात्रहरु कमलमणि नेपाल, हिउँवाला गौतम, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायतले अभिनय तत् तत् ठाँउमा ठीकै छ ।
तर उल्येखनीय छैन ।
डिग्री माइलाबाट राम्रो कथा, उत्कृष्ट चरित्र र बलियो भूमिका खेल्ने पात्रहरुको जमघटले हेर्नलायक चलचित्र बनाउन सकिन्छ भन्ने उदाहरण नेपाली सिने क्षेत्रले पाएको छ ।
चलचित्र प्रेमकथामा आधारित नभए पनि आँचल र दयाबीचको मायालु केमेष्ट्री मिलेको छ । रोमान्स पर्दामा देखाइएको छैन । तर मायाँप्रेम र नोकझोकका अनेकौं दृश्य चलचित्रमा राखिएको छ ।
निर्देशक रामबाबुले चलचित्र डिग्री माइला उत्कृष्ट बनाउने मौका भने चुकाएका छन् । उनले चलचित्रको कथा छरिलो र चुस्त बनाउन अझैं मेहनत गर्न नपुगेको भान हुन्छ ।
चलचित्रमा गीत संगीत सुमधुर छन् । सिनेमेट्रोग्राफर शिवराम श्रेष्ठले दृश्यहरुको एगल राम्ररी मिलाएर खिचेका छन् । पृष्ठभूमि संगीत पनि राम्रो छ । चलचित्रका सम्पदक निमेष श्रेष्ठले चलचित्रको सम्पादनमा खोट लगाउने ठाँउ राखेका छैनन् ।
यद्यपी नयाँ बर्षकै सुरुमा उत्कृष्ट नभए पनि एउटा राम्रो चलचित्र भने दर्शकले पाएका छन् । मनोरञ्जन र शिक्षा दुबै लिन चलचित्र भवन जाँदा हुन्छ । चलचित्रलाई १० अंकमा ७ लशमलव ५ स्टार हामीले दिएका छौं ।
प्रतिक्रिया