७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा बन्धक बनाएर फिरौती माग्ने आठ जना पक्राउ



४ वैशाख । अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले २०८० फागुन २ गते बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई रातो पुलस्थित धोबीखोला कोरिडोर नजिकैको एकबाट सकुशल उद्धार गरेको थियो । पीडितले आफूहरूलाई भारतबाट काठमाडौँ हुँदै युएई–ब्राजिल­­­–मेक्सिको हुँदै अमेरिका पुर्‍याएर कामदार भिसा दिलाउने प्रलोभनमा पारी बन्धक बनाएको बताएको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार बन्धक बनाइएका भारतीयलाई गिरोहले काठमाडौँमा बन्धक बनाई फोटो र भिडियो खिचेर मेक्सिकोमा रहेको भन्दै परिवारबाट रकम असुली गरेको थियो । यसका प्रमुख योजनाकार इन्दुसिंह यादव लामो समयदेखि नेपालका विभिन्न गार्मेन्ट उद्योगमा काम गर्ने गरेको र उनले चिनजानका व्यक्तिलाई प्रयोग गरेर भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : २४ बजे