३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको कोटेश्वर र चन्द्रागिरीमा एक एक जना मृत फेला



काठमाडौं
४ वैशाख । काठमाडौंको कोटेश्वर र चन्द्रागिरीमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।