२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मनसरा’को ट्रेलर सार्बजनिक



काठमाडौँ
५ वैशाख । राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘मनसरा’को ट्रेलर सार्बजनिक गरिएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको ’मनसरा’ को ट्रेलर बुधबार सार्बजनिक गरिएको हो ।
कवी तथा निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रमा ब्राम्हण, नेवार र लिम्बु संस्कृती झल्कने ट्रेलर सार्वजनिक भएपचि झल्को दिएको छ ।
’मनसरा’ मा अभिनेता दयाहाङ राई र प्रवीण खतिवडा, अभिनेत्रीहरु मिरुना मगर र मेनुका प्रधानलगायतको प्रमुख भूमिका रहेको छ ।
उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको चलचित्रका निर्माता शैलेन्द्र ध्वज कार्की रहेका छन् भने विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह–निर्मातामा तथा सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रमा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।