२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अशोक दर्जीलाई लिएर फिल्म बनाउँदै गायक टंक बुढाथोकी



६ वैशाख । गायक टंक बुढाथोकीले फिल्म निर्माण गर्ने भएका छन्। आफ्नै चर्चित गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन ’ को नाममा उनले फिल्म बनाउन लागेका हुन्।

पाँचवर्षअघि सार्वजनिक यस गीतमा टंकसहित बाल गायक अशोक दर्जीको स्वर रहेको थियो। जुन गीतलाई दर्शकश्रोताले निकै रुचाएका थिए। त्यसै गीतको बोल सापटी लिएर फिल्म बनाउन लागिएको हो।

हाल फिल्मको पटकथा लेखनको काम सकिएको छ। शिवम अधिकारीले फिल्मको स्क्रिप्ट टंक बुढाथोकीलाई बुझाएका छन्। साथै लगानीमा विनय अधिकारीले पनि सहकार्य गर्नेछन्। निर्देशकको भने टुंगो लाग्न सकेको छैन।

 

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।