११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राइड सेयरिङ सेवाका चालकले यात्रुको औंला भाँचिदिए, बानियाँटारबाट पक्राउ



६ वैशाख । यात्रुसँग विवाद गरी औंला भाँचेर भागेको आरोपमा प्रहरीले राइड सेयरिङ सेवाका चालकलाई पक्राउ गरेको छ। नवलपरासी घर भई टोखा नगरपालिका बस्ने २६ वर्षीय जोन तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । उनलाई प्रहरीले बुधबार काठमाडौंको बानियाँटारबाट पक्राउ गरेको हो।
घटना गत चैत १४ गते दिउँसो काठमाडौं महानगरपालिका-११ थापाथलीमा भएको थियो। केशव घिमिरे नामका यात्रु राइड सेयरिङ एप इनड्राइभमार्फत् मोटरसाइकल चढेर कलेजबाट थापाथली जाँदै थिए। थापाथलीको नर्भिक छेउमा पुगेपछि चालक तामाङले अर्कै बाटो लग्न खोजे। त्यही विषयमा दुई जनाबीच त्यहीँ विवाद भएको थियो।
यात्रु घिमिरेले प्रहरीलाई खबर गर्ने भन्दै तामाङको मोटरसाइकलको चाबी निकालेका थिए। चाबी खोसाखोस गर्ने क्रममा घिमिरेको दाहिने हातका तीन वटा औंला भाँचिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।