११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा चितुवाले चिथोर्दा बालिका घाइते



९ वैशाख । भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। शनिबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिका– ४ साङदह स्थित पलासे घर भई साङदह मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडीमा चितुवाले चिथोरी घाइते भएकी थिइन्।

उनलाई उद्धार गरी थप उपचारका लागि टेकु अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।

 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।