११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा आगोमा जलेर गम्भीर घाइते मजदुरको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु



१० वैशाख । काभ्रेमा आगोमा जलेर गम्भीर घाइते एक युवकको मृत्यु भएको छ। तेमाल गाउँपालिका-९ सिन्धुटारमा रहेको मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वल्डिङ गर्ने क्रममा आगलागी हुँदा मकवानपुरको छतिवन गाउँपालिका- ७ माईमाछा घर भएका ३२ वर्षीय रामकाजी क्षेत्रीको मृत्यु भएको हो।

आइतबार वल्डिङ गर्ने क्रमममा एक्कासी मेसिनमा आगलागी हुँदा उनी गम्भीर घाइते भएका थिए।उनलालई उपचारको लागि तत्कालै मेथिनकोट अस्पताल भकुण्डे लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर बर्न अस्पताल पुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।