१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नग्न भिडियो मगाएर ब्ल्याकमेल गर्ने बूढानीलकण्ठबाट पक्राउ



१० वैशाख । रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् ।
अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेका थिए ।

नग्न फोटो तथा भिडियो गरी प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेका थिए । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति अधिकारी रहेको खुल्न आएको थियो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँबाट शनिबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उपरीक्षक अवस्थीले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १० : ५५ बजे