ललितपुर
११ वैशाख । ललितपुरको बुङ्गमतीमा चलचित्र एक्टरको शुभमुहुर्त गरिएको छ ।
ललितपुर महानगर २२ बुङ्गमतीस्थित कार्यविनायक मन्दिरमा निर्माण टिमले हवन गरेर चलचित्रको शुभमुर्हुत गरेको हो ।
शुभमुर्हुतमा अभिनेता प्रदीप खड्का, अभिनेत्रीहरु आना शर्मा, दिब्या रायमाझी, दिब्यदेव पान्डे, सुशील सिटौला सहभागी भए ।
चलचित्रमार्फत अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले देव्यु गर्दैछिन् ।
चलचित्र थमन कुमार भण्डारीले निर्माण गर्दै छन् भने राजन भुसालले निर्देशन गर्ने भएका छन् ।
अभिनेता प्रदीप खड्काको जेठ १० गतेबाट चलचित्र पुजार सार्कीको प्रर्दशनको तयारीमा छ ।
११ बैशाख २०८१, मंगलबार
206
Shares
प्रतिक्रिया