११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्‍कुटर चोरी गरेको आरोपमा बूढानीलकण्ठबाट एक जना पक्राउ



११ वैशाख । काठमाडौंबाट प्रहरीले स्‍कुटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। आइतबार बूढानीलकण्ठ नगरपालिका–१ का २३ वर्षीय सुरेश भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका अनुसार शनिबार बेलुकी बूढानीलकण्ठ नगरपालिका–५ हरिकृष्ण मन्दिरको कम्पाउण्डमा पार्किङ गरिराखेको स्कुटर चोरी भएको सूचना आएको थियो।

सोही सूचना अनुसार खोजी गर्दा आइतबार बूढानीलकण्ठ नगरपालिका–३ रूद्रेश्वर चोकस्थित भण्डारीलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो।

 

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।