११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौ आउँदै गरेको सुमो काभ्रेपलान्चोकको मुलाबारीमा दुर्घटना, १० यात्रु घाइते



१२ वैशाख । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सुमो सडकबाट करिब ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा सवारी चालकसहित १० यात्रु घाइते भएको र घाइतेमध्ये तीन जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि प्राथमिक उपचार केन्द्र कोलाँती पठाइएकोमा केन्द्रले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।