१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन धरौटी बुझाएपछि कारागारबाट रिहा



बुटवल
१४ वैशाख । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन् । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।
पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए ।

पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हु्न । उनी गत साउनमा बरामद भएको ६० किलो सनु तस्करी प्रकरणमासमेत जोडिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।