२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’ मञ्चन



काठमाडौँ
१५ वैशाख । मण्डला नाटकघरमा ‘टिकट टु हलिउड’ नाटक मञ्चन भइरहेको छ ।
युवाहरूले देश छाड्न गरिरहेको सङ्घर्ष, यसको कारण, विदेश पुग्ने लहर लगायतका विषयलाई समेटेर सागर खातीले निर्देशन गरेको नाटकमा मिलन कार्की, सुदिप खतिवडालगायतले अभिनय गरिरहेका छन् ।

विदेशिने युवाको विषयलाई नाटकमा ल्याउने तयारी गरिरहँदा बालकुमारीमा घटेको घटना पश्चात झनै गम्भीर भएर काम गरेको निर्देशक खातीले बताए ।“नाटकमा समकालीन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ, आफूसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने झनै लागेको हो, देखासेकी र लहरले मानिसलाई कुन हदको समस्यामा पु¥याइरहेको छ, भन्ने देखाइएको छ”, निर्देशक खातीले भने ।
सोमबारबाहेक साताको प्रत्येक दिन यही वैशाख २३ गतेसम्म नाटक मञ्चन गरिने मण्डला नाटकघरले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।