१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर तपेश्वर वनमा डढेलो निभाउने क्रममा दुई जना घाइते, एकको अवस्था गम्भीर



१८ वैशाख । ललितपुरको गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ।

उपचारका लागि उनीहरूलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको प्रहरीकाे भनाइ छ। शंकरकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ।

ललितपुरको गोदावरी-६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पताल जाेखिममा परेकाे छ।त्यहाँबाट ९३ जना बिरामीलाई बिरामी अन्यत्र सारिएको अस्पतालले जनाएकाे छ।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, वैशाख १८, २०८१

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ८ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।