२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मनिषा कोइरालाको वेब सिरिज ‘हिरामाण्डी’ आजदेखि प्रर्दशन, लस एन्जलसमा राखियो प्रिमियम शो



मुम्बइ
१९ बैशाख । अभिनेत्री मनिषा कोइरालाको अभिनय रहेको सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात मे १ मा नेटफ्लिक्समा प्रर्दशन हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।

यसैबीच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ वलिउड स्टारहरुको जमघट आयोजना गरिएको थियो ।
लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियर भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।

स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देसी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडेली ¥यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।

 

हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्यूट देखिएकी छिन् ।

‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए ।

यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनिषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरुको अभिनय देखिनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।