२५ माघ २०८२, शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा श्याम ज्यापूको एकल पौभा चित्रकला प्रदर्शनी



२१ वैशाख । चित्रकार श्यामकृष्ण महर्जन (श्याम ज्यापू) को तीन दिने एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ। योङ पिकासोद्वारा ललितपुरको पाटन सङ्ग्रहालयमा बिहीबारबाट सुरु भएको प्रदर्शनी शनिबारसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा ज्यापूले कोरेका ३२ वटा हिन्दू तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीका पौभा चित्र राखिएको छ। प्रदर्शनीले जनमानसमा कलाको महत्वलाई स्थापित गर्दै नेपालको मौलिक कला पौभा कलालाई अझ प्रचारप्रसार गर्ने उद्देश्य रहेको कलाकार ज्यापूले बताए।

प्रदर्शनीको उद्घाटन गर्दै नेपालका लागि श्रीलङ्कन राजदूत सुदर्शना पाथिरानाले एउटा तस्बिरले हजार शब्द बराबरको शक्तिको प्रतिनिधित्व गरेको हुन्छ भनिएजस्तै कलाकारले कोरेको चित्रकलाले धेरै शब्दहरु, सोच र धारणा व्यक्त गर्ने बताए।

उनले श्रीलङ्का र नेपालको लामो इतिहास रहेको स्मरण गर्नुहुँदै श्रीलङ्का बुद्ध धर्मको अनुशरण गर्ने देश र नेपाल बुद्धको जन्मथलो रहेको भन्दै दुवै देशको कलासंस्कृति, परम्परा र मूल्य मान्यतामा मिल्दोजुल्दो रहेको बताए।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।