१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरद्वारा आगलागी प्रभावित गाउँपालिकालाई दश दश लाख आर्थिक सहयोग



काठमाडौँ
२१ वैशाख । काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।

महानगरको विपद् व्यवस्थानि समितिको आज बसेको बैठकले आगलागी प्रभावित दाङको राजपुर र गुल्मीको इस्मा गाउँपालिकालाई रु दस÷दस लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले आगलागीका कारण घर, गोठ, पशुचौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयलाई खाद्यान्न, औषधोपचारलगायत अत्यावश्यक सेवाका लागि अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको साहको सचिवालयले जनाएको छ ।

गत वैशाख १६ गते राजपुर गाउँपालिका—७ हाटबास क्षेत्रमा आगलागी हुँदा २५ घर र ३५ गोठ जलेरका थिए । यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेका थिए ।

कामपाले यस अघि पनि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका—६ जरलहवा टोलका आगलागी पीडितलाई पनि रु १० लाख सहयोग उपलब्ध गराइसकेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।