३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानी काठमाडौंमा दुई जना मृत फेला



२४ वैशाख । राजधानी काठमाडौंको पुरानो बानेश्वर र चन्द्रागिरीमा एक एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने ३९ वर्षीय संजिव नेपाली मृत फेला परेका हुन् ।
सोही महानगरपालिका–९ घर भएका उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका–१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बनधमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।