२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर दिनदहाडै लुटियो ८० लाख रुपैयाँ



जनकपुर
२४ वैशाख । धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु ८० लाख लुटिएको छ ।

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीन जनाले रु ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिएका छन् ।

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदैगर्दा जनकपुरधाम उपमहानगरपालिका १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताए ।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।