१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर



२५ वैशााख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतबारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले भन्दै ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् ।
आइतबार ६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले पाएको ३० मतलाई नै बहुमत पुगेको भन्दै सभामुख कृष्ण धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।