२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लागेर चार जना घाइते, घर जलेर नष्ट, भैंसी मर्यो



बझाङ
२५ वैशाख । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन्। खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन्।

एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ। आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो। चट्याङ लागेर फिट्टु खड्काको परिवार बेलु देवि खड्का उनका ८ वर्षीया छोरा एकेन्द्र बहादुर खड्का घाइते भएका छन्।

चट्याङकै कारण उनका छिमेकि लुड्कि देवि खगड्का र दुदादेवि रावत पनि घाइते भएका छन्। घटनाबारे थप विवरण आउन बाँकि रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।