१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बोक्सीको घर’ हेरेपछि गगन थापाले भने, ‘समाज आफैं बदलिन्छ भनेर सन्तोष मानेर बस्न हुँदैन’



२६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैं विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताएका छन्। बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले समाज आफैं बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताए। उनले राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले सन्तोष मान्नु हुँदैन। किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन। १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो। यसको गति बढाउने काम हाम्रो हो।’

चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको बताए। उनले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताए।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।