१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने



काठमाडौँ
२६ वैशाख । बलिवुड अभिनेता शेखर सुमन भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । शेखर सुमन दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टीमा सामेल भएका हुन् ।

शेखर सुमन भाजपामा सामेल भएपछि अहिले उनी र अभिनेत्री कंगना रनावतको विगतको विवादको विषयमा प्रश्न उठाइएको छ ।

शेखर सुमन भाजपामा प्रवेश गरेपछि उनको र कंगनाको चर्को आलोचना भइरहेको छ । तर, अब शेखर आफै अगाडि आएर कंगनालाई समर्थन गरेका छन् ।

शेखर सुमनले हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव लड्दै आएकी कंगना रनौतका लागि प्रचार गर्न तयार रहेको बताएका छन् ।

कंगनले यसअघि शेखर सुमनका छोरा अध्ययनसँग डेट गरेकी थिइन् ।
सन् २००८ मा मोहित सुरीको फिल्म ‘राज– द मिस्ट्री कन्टिन्युज’ को सेटमा यी दुईको भेट भयो र प्रेममा परे । यसपछि अभिनेताले सार्वजनिक रूपमा कंगनामाथि कालो जादू गरेको आरोप पनि लगाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।