३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मनोहरा र माकलबारीमा चोरी



काठमाडौं
२६ वैशाख । काठमाडौंको मनोहरा र माकलबारीमा चोरी भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाठिक बस्ने ४६ वर्षीय रन्जित घिमिरेको घरबाट कोही नभएको अवस्थामा ढोका फोडेर सुनका विभिन्न गहना गरी करिब ३ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–४ माकलबारी नमुना मार्ग बस्ने गणेश गुरूङको घरबाट सुनका विभिन्न गहना गरी करिब ५ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।